आइतबार बिहानदेखि वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा घाम लाग्न थालेको छ भने मुख्य सडकहरूमा यातायात आवागमन पुनः सुचारु भएको छ। लगातारको वर्षाका कारण अवरुद्ध रहेको दैनिक गतिविधि पनि बिस्तारै सामान्य गतिमा फर्किँदै छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानहरू बिहानैदेखि सञ्चालनमा आएका छन्। त्यस्तै, पानी रोकिनासाथ काठमाडौँबाट पश्चिम नेपालतर्फ यातायात पुनः सञ्चालनका लागि सरकार तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ।
यसअघि सरकारले असोज १८ देखि २० गतेसम्म राजधानी भित्रिने र बाहिरिने सवारी सञ्चालनमा अस्थायी रोक लगाएको थियो। अब मौसममा सुधार आएसँगै अवरुद्ध सडकहरू खुलाउने र नियमित आवागमन पुनः सहज बनाउन पहल भइरहेको छ।
वर्षा रोकिएसँगै उपत्यकाको जनजीवन सामान्य, यातायात र उडान सेवा पुनः सञ्चालनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en