‘सर्भिस सेन्टर’ निर्माण गरिने

ज्ञानमाण्डू।निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने भएको छ । स्थानीय वासीलाई सहज हुने गरी सो स्थानमा पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्रलगायतका लागि कक्ष निर्माण हुने बताइएको छ । 

सुरुङ मार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गर्ने र कमजोर ढुङ्गा माटोलाई सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने सडक विभाग र विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन जङ्ग थापाले बताए । सिस्ने खोलामा प्रयोगमा नआएका सामग्री भरेर सोही स्थानमा सर्भिस सेन्टर निर्माण गरिनेछ । केन्द्रको निर्माण सम्पन्न भएपछि धुनिबेँसी नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ । 

जापानमा ठाउँठाउँमा यस्ता केन्द्र हुने हुँदा निर्माण कम्पनीले सोही अनुसार केन्द्र निर्माण गर्न लागेको हो । उनले भने, “केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।” सुरुङमार्गसँगै एउटै परियोजनामा निर्माण हुने दुई ‘फ्लाई ओभर’ पनि नेपालमा पहिलो हुनेछन् । यसको निर्माणसम्पन्न हुँदा काठमाडौँ प्रवेश मार्गमा हुने सवारी जाम हट्ने विश्वास गरिएको छ । 

सुङमार्ग निर्माण ४२ महिनाको अवधिमा सम्पन्न गर्ने गरी हाजमा आङदो कर्पाेरेशन र नेपाल सरकारबीच सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ४ गते सुरुङ मार्गको शिलान्यास गरेसँगै यसको निर्माण अघि बढेको छ । निर्माण स्थलमा अहिले सरकारले जग्गा अधिग्रहण गरिरहेको छ भने निर्माण कम्पनीले निर्माणको काम सुरु गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सुरुङ मार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x