धितोपत्र बजारमा ५५.०५ अंकको वृद्धि, नेप्से परिसूचक २८३७.६२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५५ दशमलव ०५ अंकले बढेर २८३७ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ४६ अंकले बढेर ५३० दशमलव ४६ को विन्दुमा पुगेको छ ।

आज कूल २३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर रु ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह १८६ दशमलव ९२ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १७८ दशमलव २७ अङ्कले, विकास बैंक उपसमूह ३३८.०२ अङ्कले, जलविद्युत उपसमूह १६६.३८ अङ्कले, वित्त उपसमूह ९१.६८ अङ्कले, निर्जीवन बीमा ६०३.०३ अङ्कले, उत्पादन उपसमूह ३१०.५७ अङ्कले, अन्य उपसमूह २.७ अङ्कले, लघुवित्त उपसमूह १४२.९ अङ्कले, जीवन बीमा २३०.८ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव २७ अङ्कले र लगानी उपसमूह २.९३ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह २.९६ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x