नबिल बैंक र उपाय सर्भिसेस लिमिटेड बिच सम्झौता


ज्ञानमाण्डू। नबिल बैंक र उपाय सर्भिसेस बिच बैंकका ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ ।

श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई तथा लघुबित्त, नबिल बैंक र श्री राजु के.सी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख श्री निरज कुमार बस्नेत (डनिल) ले भन्नुभयो , “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहु“चमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउछ ।”

“नबिल बैंक लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भन्नुभयो, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ । बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x