निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

ज्ञानमाण्डू।देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना सुरु भएको छ । गत शनिवारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि सुरु भएको हो । 

बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ सुरु भएको हो । हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ । 

चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उनले जानकारी दिए । “चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना सुरु गरिएको छ” पूर्व अध्यक्ष बिडारीको भनाइ रह्यो।चराविद्समेत रहेका बिडारीले , नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदै गरेको जानकारी दिए छ । कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरूमा चरा गणना गरिने जनाइएको छ । 

सोसाइटीको पूर्व अध्यक्ष टिका गिरीले यस पटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए । गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उनले बताए । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ । अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो । 

चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरूको टोलीले चरा गणना गरिरहेको छ । चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षण कर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x