खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने


ज्ञानमाण्डू।क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय बन्ने भएको छ । पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बिहीबार शिलान्यास गर्नुहुँदै भौगोलिक अवस्थाअनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्छ भने । उनले सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले जातीय सद्भावका लागि खस आर्य सङ्ग्रहालय महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । अर्का प्रदेशसभा सदस्य कृष्ण थापाले सङ्ग्रहालयले सबैले अपनत्व महसुस गर्ने गरी साझा हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनु नै आजको आवश्यकता रहेको बताए । 

कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापाक डा दिलबहादुर क्षत्रीले समाजले सदैव सबै जातिको सम्मानका लागि आन्दोलन गरेकाले सङ्ग्रहालय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने धारणा राखेका छन् । 

निर्माण समितिका अध्यक्ष प्रेमबहादुर जिसीले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी एक वर्षभित्र रु सात करोडको लागतमा पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। 

पोखरा महानगरपालिका–९ का अध्यक्ष रामराज लामिछानेले स्थानीय स्तरबाट सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताए । सोही कार्यक्रममा नापी कार्यालयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो । निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मिला खड्का, सचिव पदमबहादुर कार्की, पण्डित सोमनाथ सुवेदीलगायतले सङग्रालयका बारेमा चर्चा गरेका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x