नेप्सेमा नेपाल इन्स्योरेन्सको ९ लाख कित्ता बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, अषाढ ८ गतेका दिन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ९ लाख २० हजार २५०.७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । नेपाल इन्स्योरेन्स कम्पनीको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x