‘अर्धनारीश्वर’ को मूर्ति स्थापना गरिँदै

ज्ञानमाण्डू।वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारीश्वर’को मूर्ति स्थापना हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधाआधा शरीर जोडिएर बनेको मूर्ति नेपालमै पहिलो पटक स्थापना गर्न लागेको हो । 

प्राप्त शिलालेखअनुसार शाके संवत् १५०४ मा शिव मन्दिर स्थापना भएको उल्लेख छ । व्यवस्थापन समितिका अध्यक्ष विद्या भूषण मानन्धरले मूर्ति स्थापनाका लागि रु २६ लाख खर्च हुने र यसले लाटीकोइली क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
 
मन्दिर व्यवस्थापनका लागि गत साउनमा लगाइएको शिवपुराण महायज्ञबाट सङ्कलित रु एक करोड सात लाख २९ हजार ९०० आम्दानीबाट मूर्ति स्थापना गर्न लागिएको हो । उक्त बजेटमध्ये रु ८० लाख बैङ्क बचत गर्नुका साथै बाँकी रकम मूर्ति स्थापनामा खर्च गरिने मन्दिर व्यवस्थापन समितिको तयारी छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x