ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ज्ञानमाण्डू।तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले पहल थालेको छ । ऐतिहासिक महत्त्व बोकेको उक्त ठाउँलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ गाउँपालिकाले मुकुन्देश्वरी डाँडामा उत्खननका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । पुरातात्त्विक विभागको सहकार्यमा मुकुन्देश्वरी डाँडाको संरक्षण र उत्खननका लागि सम्भाव्यता अध्ययन थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । 

उक्त ठाउँको सम्भाव्यता अध्ययनका लागि विभागका मन्जुसिं भण्डारीको नेतृत्वमा टोली आइपुगेको छ । टोलीले आइतबार त्यस क्षेत्रको स्थलगत अवलोकन गर्दै तथ्याङ्क सङ्कलन र सर्भे गर्ने काम शुरुआत गरेको उनले जानकारी दिए । “मुकुन्द सेन राजाले शासन गरेको यस ठाउँको महत्त्वलाई प्रचारप्रसार गर्न र संरक्षणका लागि उत्खनन गर्ने कामको थालनी गरेका हौँ”, अध्यक्ष थापाको भनाइ छ । विभागको टोलीले बन्दीपुर गाउँपालिका–५ स्थित चन्द्रकोट र हुस्लाङकोटको पनि स्थलगत अध्ययन गर्नेछ । गाउँपालिकाले चन्द्रकोटमा गढी निर्माण गरिसकेको छ । 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक यस ठाउँमा भित्र्याउने गाउँपालिकाको योजना छ । “बन्दीपुर गण्डकी प्रदेशको राजधानी पोखरापछिको दोस्रो पर्यटकीय गन्तव्य हो, यहाँ आउने पर्यटकलाई भुलाइ राख्नका लागि नयाँ–नयाँ गन्तव्य पहिचान गर्न लागिएको छ”, उनले भने , “त्यसकै लागि मुकुन्देश्वरी क्षेत्रको उत्खननको प्रयास थालेका हौँ ।”

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । यस ठाउँमा मुकुन्देश्वरी मन्दिर पनि छ । गाउँपालिकाले मुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । गत आर्थिक वर्षमा रु दश लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा रु ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करिब तीन किलोमिटर दुरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब रु दुई करोड बजेट अनुमानित गरिएको छ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ”, अध्यक्ष थापाको भनाइ छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x