नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारीहरू माग्याे

nadep laghubitta
राष्ट्रिय स्तर कार्यक्षेत्र भएको नाडेप लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभाग, वित्त विभाग तथा सूचना प्रविधि शाखामा रहि कार्य गर्न जनशक्ति आवश्यक परेकोले तपसिलमा उल्लेखित पदहरूमा स्थायी रूपमा पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक योग्य उम्मेदवारहरूबाट हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र नागरिकताको प्रतिलिपी संलग्न गरी बिज्ञापन मितिले १५ दिनभित्र आईपुग्ने गरी ईमेत ठेगाना [email protected] मा निवेदन पठाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । छनौट सूचीमा परेका उम्मेदवारहरूलाई टेलिफोन मार्फत प्रस्तुतीकरण तथा अन्तरवार्ताको बारेमा जानकारी गरिन्छ ।

तपसिल

पद: व्यवस्थापक
श्रेणी: व्यवस्थापकीय
संख्या: केही
वञ्छनीय/योग्यता: आवश्यक शैक्षिक योग्यता : चार्टड एकाउन्टेन्ट (CA), ए.सि.सि.ए. (ACCA) वा सि.पि.ए.(CPA) तह उत्तीर्ण गरेको वा वाणिज्य शास्त्रमा स्नातकोत्तर गरी बैंक तथा वित्तीय संस्थामा ४ बर्षको लेखापरीक्षण सम्बन्धी अनुभव प्राप्त ।

पद: अधिकृत
श्रेणी: अधिकृत
संख्या: केही
वञ्छनीय/योग्यता: आवश्यक शैक्षिक योग्यता : सि.पि.ए.(CPA) तह उत्तीर्ण गरेको वा Semi Qualified CA वा वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरी ४ बर्षको लेखापरीक्षण सम्बन्धी अनुभव प्राप्त ।

पद: सहायक अधिकृत (सूचना प्रविधि)
श्रेणी: अधिकृत
संख्या: केही
वञ्छनीय/योग्यता: सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा वा अन्य संगठित संस्था वा परियोजनामा कम्तिमा १ बर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएकालाई प्रथामिकता दिईनेछ ।

उमेर: व्यवस्थापक श्रेणीको लागि २१ वर्ष पुरा भई ४० बर्ष ननाघेको, अधिकृत श्रेणीको लागि २१ बर्ष पुरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा पाँच बर्ष थप हुनेछ ।)
सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

नोट : कर्मचारी छनौटको सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x