काष्ठमण्डप पुनःनिर्माणमा थप काठ अझै आएन

ज्ञानमाण्डू।काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । आन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष राजेश शाक्यले यसअघि ल्याइएको काठले काम भइरहेको जानकारी दिए । 

आठ हजार क्युफिट काठ धनगढीबाट गत पुस १५ सम्ममा ल्याइने भनिएतापनि हालसम्म ल्याउन नसकिएको जनाइएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । फागुनभित्र पनि काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने बताइएको छ । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको अध्यक्ष शाक्यले बताए । हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ । “अहिले मुख्य चार थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ”, अध्यक्ष शाक्यको भनाइ छ । दैनिक ३० कामदारले नियमित काम गरिरहेका छन् । ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवतरूपमा सो सम्पदाको पुनःनिर्माण सुरु गरिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ । 

उक्त सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x