प्रभु बैंकको नयाँ निक्षेप योजना "Prabhu Goodluck Saving"

ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेडले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा  कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित Prabhu Goodluck Saving नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने Prabhu Goodluck Saving खाता खोल्ना साथै उक्त खातामा बैंकको तर्पmबाट रु. १००।– जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । Prabhu Goodluck Saving योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । Prabhu Goodluck Saving अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटल लि. सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै IPOs, FPOs, Capital Market आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकको यस Prabhu Goodluck Saving मा सहभागी हुने विद्यार्थीहरुलाई आप्mनो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्नेछ ।

बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना Prabhu Goodluck Saving मा विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरु सहभागी भई प्रभु बैंक लि. को अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउने छन् भन्ने विश्वास बैंकले लिएको जनाएको छ ।

Prabhu Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x