सरकारले अनलाइन कक्षा मार्फत नयां शैक्षिक बर्षको पठन पाठन अघि बढाउने

ज्ञानमाण्डू। सरकारले कोभिड-१९ को कारण पठनपाठनमा सिजर्ना भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा संचालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियो माफर्त नयाँ शैक्षिक बर्षको पठनपाठन अघि बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुुत गरेको आ.व. २०७७/७८ को बजेट वक्तव्यमा सो कुरा जनाइएको छ ।

त्यस्तै बजेटमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न हाल ४३ जिल्लामा लागु भएको खाजा कार्यक्रम देशभर विस्तार गर्नेगरी ७ अर्व ५२ करोड रकम विनियोजन प्रस्ताव गरिएको छ जसबाट देशभरका २८ लाख विद्यार्थीहरु लाभान्वित हुने जनाइएको छ ।

त्यसैगरि माध्यमिक तहदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षालाई जाेड दिंदै सबै स्थानीय तहका न्यूनतम एक विद्यालयमा प्राविधिक धारको पठनपाठन संचालन गरी हालसम्म ६०७ स्थानीय तहमा शुरु भैसकेको याे कार्यक्रम आगामी वर्ष बाकी सबै स्थानीय तहमा विस्तार गरिने, विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्ष भित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गरिने, माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गरिने, साक्षर हुन बाकी २४ जिल्लामा साक्षरता कार्यक्रम अभियानको रुपमा संचालन गरी साक्षर नेपाल घोषणा गरिने कुरा समेत बजेट वक्तव्यमा उल्लेख छ।

माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम संचालन गर्ने, सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक समुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने, विश्वविद्यालयलाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिने, शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालय तथा गणित,अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा थप ६००० स्वयंसेवक शिक्षक परिचालन गरिने लगायतका कुराहरु समेत बजेट वक्तव्यमा समेटिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x