उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ प्रारुप जारी

ज्ञानमाण्डू। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७‘ स्वीकृत गरी विश्वविद्यद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको छ ।

उक्त प्रारुपले विश्वविद्यालय तह उच्चशिक्षाका संस्थाहरुका पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कका सम्बन्धमा वैकल्पिक पद्धतिको प्रबन्ध गरेको छ । मन्त्रालयले हालसम्म केन्द्रस्तरमा हुँदै आएको कक्षा ११ को परीक्षा विद्यालयतहमै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय पनि गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुरन केसीले जानकारी दिए। यही असार १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो निर्णय भएको र कार्यान्वयनका लागि सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।


कक्षा १२ को बाह्य परीक्षा केन्द्रीय तहमा राष्ट्रिय परीक्षा बोर्डबाट हुने कानुनी व्यवस्था भए पनि हाल पाठ्यक्रममा समयमा परिवर्तन नहुँदा कक्षा ११ को पनि केन्द्रस्तरमै हुँदै आएको छ । कोरोना महामारी र बन्दाबन्दीलाई ध्यानमा राखेर मन्त्रालयले सो निर्णय गरेको हो । यसअघि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को एसईई परीक्षा विद्यालयले वार्षिक परीक्षाका आधारमा सिफारिस गर्ने निर्णय भइसकेको छ ।

प्राविधिक तथा व्यावसायिक सिकाइ निरन्तरता सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत सञ्चालनमान रहेका विभिन्न प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा अध्ययनरत विद्यार्थीको पठनपाठनमा आएको अवरोध हटाउँदै वैकल्पिक पद्धतिबाट प्रशिक्षण चलाउन वैकल्पिक पद्धतिबाट प्रक्षिक्षण कार्यविधि, २०७७ पनि कार्यान्वनयमा आएको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x