गुणस्तरीय इकमर्स सेवाका लागि विशेष पहल गर्न आवश्यक छ, वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

शुक्रवार कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइज गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले अबको युग भनेको सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो डिजिटलाइजेशनमा लैजान सुझाव दिनुभएको छ ।

बिस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठुलो फड्को मारेको बताउँदै उहाँले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लैजान आग्रह समेत गर्नुभयो । “हामीले सूचना प्रविधिको महत्त्व पहिले पनि बुझेकै हो । तर महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजपुरमा स्वीकार पनि ग¥यौं,” उहाँले भन्नुभयो ।

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधिको विकासलाई ठुलो महत्त्व दिएको र महासङ्घको भिजन पेपरमा समेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x