ग्लोबल आइएमई बैंकद्वारा कर्णाली प्रदेशलाई १० लाख सहयोग

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।


मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा
बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद
दिए ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास रहेकाे बताएकाे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x