सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले आज १४ औं वार्षिक साधारण सभा गर्दै

Sonapur Minerals And Oil Private Limited

ज्ञानमाण्डू। सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साउन १५ गते (आज) १४ औं वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, घर नं १२४, त्रिकुटी मार्ग, बत्तीसपुतली-९, काठमाडौंमा दिनकाे ४:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७८/०७९ काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने विषयलाइ पनि दर्शाउने छ।धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) प्रिमियममा जारी गर्नेछ भने यस प्रबन्धपत्रमा संशोधन तथा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी पनि साेहि सभाले प्रदान गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x