जमलमा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव

ज्ञानमाण्डू। रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजनमा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँको मौलिकता झल्काउने र खुला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रङ्गशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसमा शुरुआती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रवलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रवलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव र इञ्जिनीयरिङ डिजाइन सम्पन्न भएको तथा चालू आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट रु १० करोड बजेटको व्यवस्थापन गरी बोलपत्र निकालेर अघि बढ्ने तयारी भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालका अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत रु दुई अर्बको प्रस्ताव पठाइएको छ ।

प्रमुख अधिकृत ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापक, विद्यार्थी सङ्घसङ्गठनका पदाधिकारीसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको बताए । नेपालकै सबैभन्दा जेठो कलेजका रुपमा रहेको त्रिचन्द्र कलेजका अधिकांश भवन जीर्ण भएका छन् । कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । रासस

Tri Chandra College

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x