महिला लघुवित्तकाे खुद ब्याज आम्दानीमा १५.९३ प्रतिशतकाे वृद्धि

Mahila Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा महिला लघुवित्त वित्तीय संस्थाकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १५.९३ प्रतिशतले बढेर २७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

महिला लघुवित्तको नाफा ६१.५ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ कराेड २९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १५ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महिला लघुवित्तले ४ अर्ब ४४ कराेड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, महिला लघुवित्तले २ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड ९८ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३७४० काे आधारमा मूल्य आम्दानी अनुपात ३६.७५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x