प्रभु बैंक लिमिटेडको एक्टेन्सन काउन्टर सिन्धुलीमाढिस्थित मालपोत कार्यालयमा

ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७८/०७/०८ देखि सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं.०६ सिन्धुलीमाढिस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउन्टरको समुद्घाटन सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले एक समारोहका बिच गरेका हुन्। 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले कमलामाई नगरपालिकाको मालपोत कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको जानकारी दिएको छ । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व रकम जम्मा गर्न र मालपोतको काम गर्न सहज र सरल हुने बैंकले उल्लेख गरेको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x