लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

ज्ञानमाण्डू।कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए । 

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यल पर्यटन प्रबद्र्धनमा गरिने हरेक गतिविधिमा स्थानीयवासी सक्रियतापूर्वक साथ दिन तयार भएको बताए । 

अग्रज पत्रकार हिमबहादुर विष्टले पर्यटन व्यवसायीसँग कोषको सहकार्य जरुरी रहेको बताए । लुम्बिनी होटल सङ्घ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायी सधै हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताए ।

कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीय र पर्यटनव्यवसायीसँंग कोष सधै सहकार्य गरेर हिँड्न तयार भएको बताए । राईले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौंँ । सबैको सहयोग र सहकार्यमार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ ।’ 

छलफलमा प्रदेशसभा सदस्य फकरुद्धिन खानले स्थानीयवासीको सहकार्यमार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी वरिपरिको विकास दीर्घकालीन विकास लक्ष्यसहित अगाडि बढेको बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x