परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

ज्ञानमाण्डू।कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपत्कालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ ।

कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी) को बैठकले यस्तो सिफारिस गरेको हो । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताए ।

जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ । 

कोषमा रकम जम्मा:

मेलम्ची नगरपालिका रु २५ लाखको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ । रु २५ लाखको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाई र नेपाल बैङ्क लिमिटेडले रु ३५ हजार सहयोग गरेको छ । नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । 

स्वाथ्यकर्मी २४सै घण्टा काममा: 

सुनकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको छ । गापामा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई यस्तो ड्युटीको व्यवस्था मिलाइएको हो । दैनिक रु एक हजार २०० भत्ता दिएर स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले जानकारी दिए । 

गापाभर १० स्वास्थ्यचौकी छन् भने ३५ स्वास्थ्यकर्मी कार्यरत छन् । प्रत्येक स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्ट, अहेव र अन्य दुई सहायक कर्मचारी छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x