एन आई सी एशिया बैंकको ‘QR Refer and Earn’ योजना

ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले समय अनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ QR मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘QR Refer and Earn’ योजना ल्याएको छ । यस बैंकका QR मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भाद्र र आश्विन महिना भर उक्त योजनामा सहभागी जनाउन सक्नेछन् । यस योजनामा बैंकका QR मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ QR मर्चेन्ट रिफर गरी उक्त नयाँ QR मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर QR मा आबद्ध भएमा रिफर गर्ने QR मर्चेन्ट एवं ग्राहकहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी QR  मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।
 

http://
 
स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै QR Payment बाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको जनाएको छ ।

NicAsia Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x