साधना लघुवितको २६.३२ प्रतिशत लाभांश प्रस्ताव


ज्ञानमाण्डू।साधना लघुवित वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल भाद्र २४ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको ९७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २६.३२ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैंयाको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैँया बराबरको बोनस शेयर र १.३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३२१ रुपैँया ५ पैसा बराबरको नगद लाभांश गरी कुल २६.३२ प्रतिशत, लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने साधना वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा साधना लघुवित वित्तिय संस्था लिमिटेडले १८ प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x