माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना


ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

माछापुच्छ्रे स्मार्ट मुद्दती खाता न्यूनतम रु. ५०,००० मा नै खोल्न सक्ने बैंकले जनाएको छ। साथै बैंकले यस खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ। इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरूबाट साे खात खोल्न सकिने बैंकले बताएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x