इन्फिनिटी लघुवित्तको नाफा १५ करोड २ लाख

Infinity Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १९.२ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ कराेड ६० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १५ कराेड २ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४१ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्फिनिटी लघुवित्तले ४ अर्ब ९० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्तले २ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २४ करोड ५४ लाख रुपैयाँ रहेको छ।

इन्फिनिटी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.७ प्रतिशतले बढेर ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.८२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०७० काे आधारमा मूल्य आम्दानी अनुपात २९.५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x