सिटिजन्स म्युचुअल फण्ड १ काे न्याभमा सामान्य गिरावट, जम्मा आम्दानी ऋणात्मक


ज्ञानमाण्डू। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ ले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।

सिटिजन्स म्युचुअल फण्ड १ काे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.१५ ले घटेर ९ रुपैयाँ ९० पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने सिटिजन्स म्युचुअल फण्ड १ काे न्याभ १० रुपैयाँ ०५ पैसा पुगेको थियो।

सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने ११.९ प्रतिशतले बढेर ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान १० करोड ३३ लाख रुपैयाँ पुगेको थियो।

बैशाख मसान्तसम्म आइपुग्दा सिटिजन्स म्युचुअल फण्ड १ काे जम्मा आम्दानी १० करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी ९ कराेड रुपैयाँले ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा नाेक्सान १२.३ प्रतिशतले बढकाे देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म १ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ।

सिटिजन्स म्युचुअल फण्ड १ ले बैशाख मसान्तसम्म ५५ करोड ८९ लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी सिटिजन्स म्युचुअल फण्ड १ ले ३ करोड रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा १६ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ।

सिटिजन्स म्युचुअल फण्ड १ काे बैकं मौज्दातमा भने ५ करोड ९ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x