प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन

वाग्मती,  वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेशको स्वास्थ्य निर्देशनालय, पशुपक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुखहरुलगायत रहेको जनाइएको छ ।

समितिको बैठकले बर्डफ्लु नियन्त्रण विधेयक, २०६४ (चौथो संशोधन) लाई आवश्यक संशोधनका लागि पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाउने निर्णय गरेको छ । 

कार्यक्रममा मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष वैद्यले बर्डफ्लुले मानव स्वास्थ्यमा धेरै असर गर्ने हुँदा यसलाई देखापर्ने बित्तिकै नियन्त्रण गरिनुपर्ने बताउनुभयो । बर्डफ्लुले कुनै पनि बेलामा समस्या पर्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा रामप्रकाश प्रधानले हालसम्म नेपालमा बर्डफ्लुपीडित किसानहरुका लागि रु २३ करोडभन्दा बढी राहत वितरण गरिसकिएको जानकारी दिनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x