
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै ३१ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन विहीबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।