निजी विद्यालयले शिक्षकको तलब दिएनन्

School
निजी तथा आवासीय विद्यालयमा कार्यरत अधिकांश शिक्षकले समयमा तलब सुविधा पाएका छैनन् । नेपाल शिक्षक महासङ्घले अमुख्य कार्यसूची यही मुद्दालाई बनाएर आन्दोलनको तयारी गरेको छ ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रको आयोजनामा आज भर्चुअलरुपमा आयोजित ‘कोभिड–१९ पछि निजी विद्यालयका शिक्षकका समस्या’ विषयक छलफलमा महासङ्घका उपाध्यक्ष तिलक कुँवरले निजी तथा आवासीय विद्यालयका सञ्चालकले अभिभावकसँग शुल्क लिएर पनि शिक्षकलाई समयमा तलव नदिने, सेवाबाट हटाउने र नियुक्ति पत्र नदिने जस्ता अपमानजनक कार्य गरेको आरोप लगाए ।

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले धेरै शिक्षकले अहिले पनि गत चैतदेखिको तलब नपाएको दुःखेसो गर्दै यस्तो कार्य श्रम नियम विपरीत भएको जिकिर गरे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्रदेश नं। ३ का अध्यक्ष थकिनकुमार गुरुङले महामारीका कारण विद्यालय सञ्चालक पनि अप्ठ्यारोमा परेकाले शिक्षक, विद्यार्थीलगायत सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x