बैङ्कहरुको निक्षेप ५ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले बढ्यो, सिडी रेसियोमा सामान्य सुधार


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत पुस १२ गतेसम्म ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप पुस १३ गतेका दिनसम्म आइपुग्दा ४ अर्ब रुपैँया वृद्धि हुँदै ४८ खर्ब १० अर्ब रुपैंया कायम भएको छ । सो अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप एक दिनको अवधिमा ५ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १२ गतेसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेको तथ्याङ्कले जनाएको छ । समिक्षा अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्दा कुल निक्षेपमा पनि सोही अन्तरको वृद्धि देख्न सकिन्छ। 

यता, विकास बैङ्क तथा अन्य वित्तीय संस्थाहरूको कुल निक्षेप संकलनमा गत पुस १२ गतेको तुलनामा कुनै परिवर्तन नआउँदा पुस १३ गतेका दिन ५ खर्ब ६९ अर्ब रुपैंयामा कायम रहेको छ। पुस ११ गतेका दिनसम्म भने यी विकास बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५ खर्ब ७० अर्ब रहेको थियो। दुई दिनको अवधिमा विकास बैङ्क तथा अन्य वित्तीय संस्थाहरूबाट १ अर्ब रुपैंया निक्षेप घटेको देख्न सकिन्छ। 



त्यसै गरी, पुस १३ गतेसम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ। गत पुस १२ गतेसम्म इजाजत प्राप्त संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब १० अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा इजाजत प्राप्त संस्थाहरूले २ अर्ब रुपैंयाको कर्जा लगानी विस्तार गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले जनाएको छ।

केन्द्रीय बैङ्कको तथ्याङ्क अनुसार यही गत साताको मंगलबारसम्म वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४० खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ जुन गत पुस १२ गतेसम्म ४० खर्ब ९३ अर्ब रुपैंया रहेको थियो । त्यस्तै, बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पुस १३ गतेसम्म ५ खर्ब १८ अर्ब रुपैंया रहेको छ जुन गत पुस १२ गतेको तुलनामा १ अर्ब रुपैंयाको वृद्धि हो ।

यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९० प्रतिशत अधिक रहेको छ । गत पुस १२ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९१.१९ प्रतिशत रहेको थियो जुन पुस १३ गतेसम्म आइपुग्दा ९१.०२ प्रतिशतमा कायम रहेको छ ।

पुस १२ गते ४.९८ प्रतिशत रहेको बैङ्कहरूको अन्तर बैङ्क ब्याजदर पुस १३ गतेसम्म पनि सोही विन्दुमा कायम रहेको तथ्याङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x