प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग

ज्ञानमाण्डू। प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,००० (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ । मिति २०७७/०९/१९ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक श्री रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग  स्वरुप रु. ५,००,००० (पाँच लाख रुपैयाँ) को चेक हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्री होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य श्री ईन्दिरा राई, समाजसेवी श्री हिमाल कर्मचार्य र समाजसेवी श्री रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो । 


prabhu bank


प्रभु बैंक लि. को आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकको विश्वास रहेको जनाएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने कुरा पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x