माघ ७ गते २६ औ वार्षिक साधारण सभा गर्दै यूनाइटेड इन्स्योरेन्स, यस्ता छन् एजेण्डा

ज्ञानमाण्डू।यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले २६ औ वार्षिक साधारण सभा माघ ७ गते, होटल हिमालयन, कुपण्डोलमा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा बिहान १०:३० बजे पश्चात् आरम्भ हुनेछ। कम्पनीको सञ्चालक समितिको ३५१ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

अनलाईन (भर्चुअल) मीटिङमा उपस्तिथी को लागी मीटिङ आईडी तथा पासवर्ड कम्पनीको वेवसाइट मार्फत उपल्ब्धा गराइने इन्स्योरेन्सले उल्लेख गरेको छ ।

सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वमित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिने छ । 

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७५७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ ।त्यस्तै, आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x