
बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएका थिए । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा(फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेर्नुभएको छ । दशैंको भिडियोले पाएको मायाको लागि नबिल बैंकले सबैमा आभार व्यक्त गर्न चाहन्छ ।
तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।
भिडियो हेर्न लिंकमा जानुहोस्: https://youtu.be/UDHa2E6ekNA