सिटिजन्स बैंक इन्टरनेसनलको नाफा ८७ करोड माथि, कस्ता छन् अन्य सूचकहरू ?

ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनलको नाफा २७.२६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ६८ करोड ७७ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले ८७ करोड ५१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


९ अर्ब ८१ करोड ७० लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंक इन्टरनेसनलले १ खर्ब ५ अर्ब १७ करोड ८५ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ८७ करोड ५८ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख ७२ हजार रुपैयाँ र संचित मुनाफा ८७ कराेड ६७ लाख ७८ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ६१ लाख ६४ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८४ कराेड ८०लाख ४३ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.४२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा छ र मूल्य आम्दानी अनुपात १६.५५ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x