नेशनल माइक्रोफाइनान्सको नाफा ४४.९७% ले वृद्धि, ईपीएस रु. १०१.९०

ज्ञानमाण्डू।नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा लघुवित्तको प्रमुख वित्तीय सूचकहरुमा सुधार आएको देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड १६ लाख अर्थात ४४ दशमलव ९७ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो।

दोस्रो त्रैमाससम्ममा लघुवित्तको सापटी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशत बढेर ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६२ दशमलव २६ प्रतिशतले बढेर ६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।त्यसै गरि,लघुवित्तको निक्षेप २३ दशमलव ९४ प्रतिशतले बढेर १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढेसँगै लघुवित्तको निष्क्रिय कर्जा १ दशमलव ७६ प्रतिशतबाट बढेर २ दशमलव २३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत २१ करोड २९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म संस्थाले २५ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। संस्थाको यस्तो खुद ब्याज आम्दानी गत वर्ष १८ करोड ७२ लाख रुपैयाँमा सीमित थियो।

२६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको जगेडा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको तुलनामा संस्थाको जगेडा कोषको आकार ५३ दशमलव ३७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा २२ करोड ५१ लाख रुपैयाँ सञ्चित थियो।

आ. व. २०७७/७८ को दाेस्राे त्रैमास सम्म आइपुग्दा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १०१ रुपैयाँ ९० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६ दशमलव ६७ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x