
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८४ दशमलव ९० अंकले घटेर २२६५ दशमलव ५२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १५ दशमलव २८ अंकले घटेर ४३८ दशमलव ६८ को विन्दुमा पुगेको छ ।
आज कूल २२१ कम्पनीहरूका ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर रु १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह ३७ दशमलव ९५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६० दशमलव ८६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७७.०८ अङ्कले, विकास बैंक उपसमूह १६३.६९ अङ्कले, जलविद्युत उपसमूह १४२.५ अङ्कले, वित्त उपसमूह १०१.८७ अङ्कले, निर्जीवन बीमा ४८५.८१ अङ्कले, उत्पादन उपसमूह ११३.१९ अङ्कले, अन्य उपसमूह १०९.५५ अङ्कले, लघुवित्त उपसमूह १४३.२८ अङ्कले, जीवन बीमा उपसमूह ५९२.५९ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २४ अङ्कले र लगानी उपसमूह २ दशमलव ५९ अङ्कले घटेका छन् ।
 
         
             
     
    
 
     
     
     
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            