नाफामा एक अर्कालाई टक्कर दिने वाणिज्य बैङ्कहरूलाई दाँजेर हेर्दा


ज्ञानमाण्डू। २७ वटै वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७७/७८ को दाेस्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैङ्क, एनआईसी एशिया बैङ्क र नबिल बैङ्क गरी २ अर्ब माथि नाफा कमाएका ३ वटा वाणिज्य बैंकहरुलाई दाेस्राे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँ र एनआईसी एशिया बैंककाे ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

निक्षेप संकलन: २ खर्ब ६८ अर्ब १० करोड ५३ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरि एनआईसी एशिया बैंक अगाडि रहेको छ भने ग्लोबल आइएमई बैंकले २ खर्ब ३४ अर्ब ४१ करोड २३ लाख २५ हजार रुपैयाँ र नबिल बैंकले २ खर्ब १४ करोड ९४ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । 

कर्जा लगानी: नबिल बैंकले १ खर्ब ७० अर्ब ५२ करोड १६ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकले २ खर्ब ३ अर्ब ७८ करोड ९७ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् भने एनआईसी एशिया बैंकले २ खर्ब २१ अर्ब २३ करोड ७४ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ । 

खुद ब्याज आम्दानी: ग्लोबल आइएमई बैंकले व्यवसाय विस्तारबाट एनआईसी एशिया र नबिल बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। ग्लोबल आइएमई बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले ३ अर्ब ९४ करोड ६८ लाख ६ हजार रुपैयाँ र नबिल बैंकले ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नाफा: ग्लोबल आइएमई बैंकले सबै भन्दा बढि २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने एनआईसी एशिया बैंकले २ अर्ब ६ करोड ५ लाख ३७ हजार रुपैयाँ र नबिल बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ कमाएको देखिन्छ ।

जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड १ लाख १९ हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको ७ अर्ब ७० करोड ८ लाख २१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ६ अर्ब ८९ करोड २८ लाख ३ हजार रुपैयाँ रहेको छ

संचित मुनाफा: नबिल बैंकको संचित मुनाफा १ अर्ब ८५ कराेड ८५ लाख ८७ हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंककाे संचित मुनाफा  १ अर्ब ५२ कराेड १० लाख ३८ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ७७ करोड ६६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

वितरण याेग्य मुनाफा: नबिल बैंककाे सबै भन्दा बढि १ अर्ब ८४ कराेड २८ लाख ६१ हजार रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने ग्लोबल आइएमई बैंकको १ अर्ब ४३ कराेड २० लाख ४६ हजार रुपैयाँ र एनआईसी एशिया बैंककाे ७२ करोड ८१ लाख ९४ हजार रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।

निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ४३ प्रतिशत देखिन्छ भने नबिल बैंकको ० दशमलव ६ प्रतिशत र ग्लोबल आइएमई बैंकको १ दशमलव ७२ प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ४० पैसा र नबिल बैंककाे प्रति शेयर आम्दानी २९ रुपैयाँ ९१ पैसा रहेकाे छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ३५ रुपैयाँ ७३ पैसा सहित अघि छ ।

मूल्य आम्दानी अनुपात: ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १७.८० गुणा, एनआईसी एशिया बैंकको २५ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात ३७.७५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x