सुनको मूल्यमा प्रतितोला १ हजार ५ सय रुपैयाँको वृद्धि

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २७ गते, मंगलबर छापावाला सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबर सुनको मूल्यमा वृद्धि भए संगै चाँदीको मूल्य पनि लगातार तेस्रो दिन पनि वृद्धि भएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको देख्न सकिन्छ । पछिल्लो तीन दिनमा चाँदीको मूल्य ५० रुपैयाँले बढी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x