मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता

ज्ञानमाण्डू।मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि सुरु हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । 

लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग विजेता टोली होराइजन क्लब (श्याङ्ज), भिमाद युथ क्लब( तनहुँ) त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा) आदर्श क्लब (कास्की) गैँडाकोट खेलकुद (नवलपुर), डाँफे युवा क्लब (मनाङ) सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीको सहभागिता रहने छन् ।

गुरुङका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्ने छन् । प्रतियोगितामा वेस्ट डिफेन्स, वेस्ट गोल किपर, वेस्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोल कर्तालाई जनही रु पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । कूल रु एक करोड एक लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले रु ४० लाख नगद सहयोग गर्ने जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x