यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाज सिक्दै बालबालिका

ज्ञानमाण्डू।जुम्लाको तातोपानी गाउँपालिकाले २८ विद्यालयमा जुम्ली खस भाषामा पठनपाठन शुरुआत गरेको छ । खस भाषालाई जोगाउनका गाउँपालिकाले पाठ्यपुस्तक तयार गरी अध्ययन अध्यापन अगाडि बढाएको हो । 

गाउँपालिकाका २८ विद्यालयमध्ये २५ विद्यालयले १–३ कक्षामा शैक्षिक सत्र २०७५/७६ मा अध्ययन अध्यापन सुरु गरेका थिए । आगामी फागुन महिनादेखि सुरु हुने नयाँ शैक्षिक सत्र २०७६/७७ मा ४–५ कक्षामा पनि पठनपाठन गरिने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायाँदत्त चौलागाईंले जानकारी दिएका छन् । 

स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदैडाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुरज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानिया दियार, लछालकृतिक पैकेलो र दरबारजस्ता विषयवस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईंले जानकारी दिए । 

त्यसै गरी २–३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदासहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषि जन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ । यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाजस्ता जडीबुटीसम्बन्धी पाठ्यपुस्तकमा विषयवस्तु राखिएको गाउँपालिकाले जनाएको छ । पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्त्वलाई खस भाषाबाट झल्काएको छ । 

तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको छ । अतिरिक्त विषयका रूपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ । तातोपानी गाउँपालिका–५ श्रीनगर स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छायाँदत्त खत्रीका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा यहाँका पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषि जन्य वस्तु समेटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको छ । सानै उमेरदेखि आफ्नो ठाउँका पर्यटकीय र धार्मिक सम्पदाको ज्ञान लिएका छन् भने यसको महत्त्वको विषयमा पनि बुझ्ने मौका पाएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x