फरवार्ड कम्युनिटीको ३१.५८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्ञानमाण्डू।साधारण सभा प्रयोजनका लागि फागुन ५ गते बुक क्लोज गर्ने तयारिमा रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३१ दश्मलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज फागुन ४ गते मंगलबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बन्नुभएका लगानिकर्ता तथा शेयारधनीहरुले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले वितरण गर्ने उक्त लाभांश प्राप्त गर्न योग्य हुनु हुनेछ । माइक्रोफाइनान्सले कम्पनीले गत वर्ष आर्जन गरेको नाफाबाट २५ प्रतिशतले हुन आउने बोनस शेयर तथा ६ दशमलव ५८ प्रतिशतले हुन आउने नगद लाभांश गरी कुल ३१ दश्मलव ५८ प्रतिशत लाभांश वितरण गर्दैछ ।

माइक्रोफाइनान्सको साधारण सभा फागुन २१ गते बस्दैछ । सभा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । हाल फरवार्डको चुक्ता पुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनस शेयर वितरणपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x