नबिल बैंकको ३७औँ वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन भरी छुटै छुट

ज्ञानमाण्डू।नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “37 Days of Happiness” अफर ल्याएको छ । 

यस अफर अन्तर्गत नबिल बैंकले अषाढ २८ देखी लागु हुने गरि ३७ दिन सम्म नया “व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल icard, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ । उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध हुने हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x