ज्ञानमाण्डू। नेपाल हाईड्राे डेभलाेपर लिमिटेडले असार १३ गते (आज) विशेष साधारण सभा गर्दै छ । कम्पनीले विशेष साधारण सभा कावेरी इन,ज्ञानेश्वर काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले नियमावलीकाे नियम २३ र २७ काे उपनियम ३ संशोधनको प्रस्ताव पारित गर्नेछ। त्यसतै कम्पनीकाे नियमावलीमा भएकाे संशोधनकाे सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।