भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

ज्ञानमाण्डू। नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी/फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउसँ नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुञयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गर्नुभएको बैंकले जानकारी दिएको छ ।

अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी/फलफूलको रकम भुक्तान गर्न सक्ने बैंकले जनाएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक श्री सुदिप फुञयाल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक श्री रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, श्री यज्ञ प्रसाद शर्मा , नबिल बैंक भैरहवा शाखाका प्रबन्धक श्री लिला प्रसाद ओझा नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक श्री मधु जंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष श्री दिपक सहानीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ।

उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी/फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गर्नुभएको बैंकले उल्लेख गरेको छ ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

साथै नबिल बैंक भैरहवा शाखाको पहलमा "वल्र्ड लिह्क" नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ।

अहिले बैंकको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेको बैंकले जनाएको छ ।

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो ।नयाँ प्रविधि अपनाउने  र न वीन प्रडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल बैंक सधैं नै अगाडि रहेको बैंकले उल्लेख गरेको छ ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको जनाएको छ ।

बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य रहेको नबिल बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको व्यहोरा यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x