आज सम्म कायम शेयरधनीले ओरियण्टल होटल्स्काे साधारण सभामा भाग लिन पाउने

ज्ञानमाण्डू। ओरियण्टल होटल्स् लि. ले यहि असोज १३ गते २५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै ३१ गते देखि १३ गतेसम्मका लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा भदाै ३० गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा काठमाण्डाैँकाे राष्ट्रिय सभा गृह (सिटी हल), प्रर्दशनी मार्गमा दिनको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। Virtual माध्यम ZoomApp बाट समेत साधारण सभामा भाग लिन सक्नेछन् । मिटिङ्ग ID/Password को निमित्त कम्पनीको Email ID: [email protected] मा समयमै सम्पर्क गरि प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ ।

सभाले आर्थिक वर्ष (आ.व. ) २०७८/७९ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण र आ.व. २०७९/०८० को लेखा परीक्षण गर्नका लागि लेखापरिक्षण समितिकाे सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x