२०२२ मा सामसुङकाे Note 20 Ultra किन्नु उपयुक्त होला?

samsung note 20 ultra

ज्ञानमाण्डू। दक्षिण कोरियन कम्पनी सामसुङले August 2020 मा रिलिज गरेको flagship फोन Note 20 Ultra को नेपालमा उपलब्ध 4G variant को सुरुवाती मूल्य १,४०,००० रुपैयाँ रहेको थियो। अहिले करिब दुई वर्ष पछि हामीले सामान्य प्रयोग भएको वा refurbished Note 20 Ultra करिब ७० हजार रुपैयाँमा किन्न सक्छौँ। के आज को अवस्थामा जहाँ सामसुङले आफ्नो flagship सिरिज को S22 Ultra रिलिज गरेको तथा अन्य धेरै एन्ड्रोइड प्रतिस्पर्धीका आकर्षक मोबाइलहरू उपलब्ध गराइ रहेको अवस्थामा २ वर्ष पुरानो Note 20 Ultra किन्नु सही निर्णय हुन सक्ला? वा आजको दिनमा हामीले खर्च गर्ने करिब ७० हजार रुपैयाँको भ्यालु यो फोनले दिन्छ त? आउनुहोस् यस विषयमा चर्चा गरौँ।

6.9 इन्चको सो फोनमा Dynamic AMOLED डिस्प्ले छ भने 1440 × 3088 pixel को रिजाेलुसन् रहेको छ। सबै सामसुङको नोट सिरिजमा जस्तै S पेन रहेको यो फोनमा भने 9 मिली सेकेण्ड latency को S पेन रहेको छ जुन अघिल्लो नोट सिरिजहरूको भन्दा धेरै कम हो। 120 HZ को रिफ्रेश रेट तथा 240 Hz को touch sampling रहेको यो फोन लाई प्रयोग गर्दा धेरै स्मुथ अनुभव हुन्छ। नेपालमा उपलब्ध हुने Note 20 Ultra मा Exynos को Exynos 990 चिप सेट हुन्छ जुन 7nm+ को टेक्नोलोजी मा आधारित छ, यसको performance पनि निकै राम्रो छ, अन्य विभिन्न देशमा पाइने Snapdragon चिप भन्दा battery तथा performance मा केही कमजोर भए पनि सामान्य दैनिक प्रयोगमा त्यस्तो केही अनुभव भने हुँदैन। सुरक्षाको लागी IP 68 rating भएको यो फोन करिब १.५ मिटर पानीको गहिराइ ३० मिनेट सम्म सहन गर्न सक्दछ। अगाडि र पछाडि कर्निङ गोरिल्ला ग्लास विक्टसका साथै अलुमुनियम फ्रेम भएको सो फोन अघिल्लो सामसुङ flagship फोनहरू भन्दा उच्च उचाइबाट खस्दा फुट्ने सम्भावना कम भएको र चाँडै scratch नहुने सम्भावना रहेको छ।

नेपालमा पाइने 8 GB RAM भएको सो फोन सबै दैनिक प्रयोगका लागि उपयुक्त छ जसको इन्टरनल स्टोरेज 256 GB रहेको छ र आवश्यकता अनुसार मेमोरी कार्ड मार्फत 1 TB सम्म स्टोरेज बढाउन सकिनेछ।

तीन वटा ब्याक क्यामेरा सहित आउने यो मोबाइलमा 108 मेगापीक्सेल को मुख्य लेन्स छ जुन OIS सहित आउँछ जसले फोटो खिच्दा केही हल्लिए पनि ब्लर नगरी इमेज प्रोसेस गर्दछ, र यसले 8k भिडियो 24 fps मा खिच्न सक्दछ। 12 मेगापीक्सेल को अल्ट्रा वाइड लेन्सले 120° सम्मको फोटो खिच्दछ। अर्को 12 मेगापीक्सेलकाे क्यामेराले 5× अप्टिकल जुम तथा 50× डिजिटल जुम गर्दछ। 50× को फोटो त्यति राम्रो नभए पनि 30× सम्म राम्ररी प्रयोग गर्न सकिने खालको फोटो खिच्न सकिन्छ। Note 20 Ultra ले क्यामेरामा अहिले बजारमा उपलब्ध धेरै जसो Flagship फोनलाई राम्ररी टक्कर दिन्छ। साथै यसले low light मा पनि उत्कृष्ट फोटोहरू खिच्दछ। सेल्फी लिनको लागी अगाडी सानो होल पञ्चमा 10 मेगापिक्सेलको क्यामेरा छ जसमा Dual pixel auto focus छ, भिडियोको भने अगाडिको क्यामेराले 4k resolution मा 60 fps सम्म रेकर्ड गर्दछ।

4500 mAh को battery रहेको यस फोनले 25 Watt सम्मको फास्ट चार्जिङ् सपोर्ट गर्दछ। अहिले बजारमा भएका धेरै महँगो फोनमा हामीले 5000 mAh को battery पाउँदछौ तर Note 20 Ultra को battery मध्यम प्रयोगमा एक दिन मज्जाले चल्दछ।

सामसुङ कै S 22 Ultra जसको नेपाली मूल्य अहिले 1,60,000 रुपैयाँ रहेको छ। जसमा Note 20 Ultra को तुलनामा केही अपग्रेड भए पनि करिब दुई गुणा भन्दा बढी मूल्यमा यसलाई खरिद गर्नू भन्दा करिब 70 हजार रुपैयाँमा राम्रो condition मा रहेको प्रयोग भएको फोन किन्दा भ्यालु फर मनि हुन सक्दछ।

राम्रो क्यामेरा, बलियो बिल्ड क्वालिटी अनि performance तथा एन्ड्रोइड 12 को अपडेट पनि आइसकेको र android 13 को अपडेट पनि आउने करिब निश्चित भइसकेको हुनाले तथा सेक्युरिटी अपडेट पनि समयमै आउने हुनाले 2022 अगस्टमा यसलाई किन्नु निकै राम्रो निर्णय हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x