ज्ञानमाण्डू। विश्वकप एशिया छनोट अन्तर्गत भएको खेलमा नेपालले हङकङमाथि ९ बल बाँकी छँदै ४ विकेटकाे जीत हात पारेको छ । नेपालको जीतमा नेरी थापा र अप्सरी बेगमको उल्लेख्य याेगदान रह्याे भने सरिता थापाले पनि ब्याटिङमा महत्वपूर्ण प्रदर्शन गरेकिथिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाएको थियो भने ६३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ९ बल बाँकी छँदै लक्ष्य हासिल गर्याे । नेपालका लागि अप्सरी बेगमले सबैभन्दा धेरै २४ रन बनाइन् ।