अब करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

ज्ञानमाण्डू।समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जानकारी दिएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गर्नुभएको बैंकले उल्लेख छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग बिभागका प्रमुख भोला बहादूर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको वाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ ।



अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको जनाएको छ जसमध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएका हुन् । साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् । बैंकले हालसम्म करीव रु. ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७४ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे व्यहोरा यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x