गोलभेंडा उत्पादक कृषकहरुलाई मेगा बैंकको सहुलियत कर्जा

ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जानकारी दिएको छ ।

काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

समझदारी अनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको बैंकले उल्लेख गरेको छ । दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको बैंकले जानकारी दिएको छ ।

इच्छुक कृषकहरुले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउने  बैंकले थप जानकारी दिएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अबस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरुको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको यस प्रेस विज्ञप्तिद्वारा जनाकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x